प्रदेशस्तरीय आर्चरीमा बागलुङका दुर्गा र कास्कीका केशरी च्याम्पियन
पाेखरा | फागुन ७, २०७९
पोखरा: पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय दोस्रो संस्करणको खुल्ला आर्चरी प्रतियोगितामा बागलुङका दुर्गा घर्तीमगर र कास्कीका केशरीमाया आलेमगर ‘च्याम्पियन’ हुनुभएको छ ।
पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा यही फागुन ५ देखि सुरु भएको प्रतिस्पर्धामा पुरुषतर्फको रिकर्ब विधामा घर्तीमगरले बागलुङकै खड्गबहादुर घर्तीमगरलाई ६–० अङ्कले पराजित गरी उपाधि आफ्नो पोल्टामा पार्नुभएको हो । विजेता दुर्गाले उपाधिसहित रू ३० हजार पुरस्कार प्राप्त गर्दा उपविजेता खड्गले रू २० हजार पुरस्कार पाउनुभयो ।
यसैगरी कास्कीका सुमन गुरुङले ६–४ को अङ्कमा कास्कीकै अशिम शेरचनलाई पछि पार्दै तृतीय हुनुभयो । यसैगरी रिकर्ब खुला महिलातर्फको प्रतिस्प्रर्धामा कास्कीले जित हासिल गरेको छ । कास्कीका केशरी आलेमगरले कास्कीकै अनुस्का शेरचनलाई ७–३ को अङ्कमा पराजित गर्दै उपाधि पोल्टामा पार्नुभयो ।
पुरुषतर्फको विधामा बागलुङका हिकमत पुरीले कास्कीका कुमार पुर्जालाई ६–२ को अङ्कमा पराजित गरी उपाधि आफ्नो पक्षमा पार्नुभयो । बागलुङका मुकेश रोकामगरले रोशन पुर्जा पुनलाई ७–५ अङ्कमा पराजित गरी तृतीय हुनुभयो ।
प्रतियोगितामा रिकर्ब ओपन पुरुषतर्फ विजेतालाई रू ३० हजार, उपविजेतालाई रू २० हजार र तृतीय हुनेलाई रू १५ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । रिकर्ब ओपन महिलातर्फ विजेताले रू १५ हजार, उपविजेताले रू १० हजार र तृतीय हुनेले रू पाँच हजार पाउनुभयो ।
पुरुषतर्फ विजेतालाई रू २० हजार, उपविजेतालाई रु १५ हजार र तेस्रो हुनेलाई रु १० हजार प्रदान गरिएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार भएको भेट्रान्सतर्फको विधामा म्याग्दीका जयप्रकाश छन्त्यालले प्रथम स्थान हासिल गर्नुभएको थियो ।
प्रतियोगितामा विजयी खेलाडीलाई नेपाल आर्चरी सङ्घका कन्द्रीय अध्यक्ष दीपकराज गुरुङ, पूर्वअध्यक्ष वसन्त थकालीलगायतले पुरस्कार वितरण गर्नुभयो । आर्चरी खेलका सुविधासम्पन्न पूर्वाधार रहेको पोखरालाई आर्चरी खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य बनाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताङ, म्याग्दी, पर्वत र कास्कीबाट गरी ८९ जना खेलाडी सहभागी भएको कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिनुभयो । गण्डकी प्रदेश खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत आर्चरी सङ्घसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

